Online Nepal सोमबार, बैशाख २४ २०८१

मंगलबार सिन्धुपाल्चोकमा वडा अधिवेशन गर्दै कांग्रेस

मंगलबार सिन्धुपाल्चोकमा वडा अधिवेशन गर्दै कांग्रेस


मध्यान्तर
  • सोमबार, असोज ४ २०७८

  • काठमाडौँ । मंगलबार नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा वडा अधिवेशन गर्ने भएको छ। क्रियाशील सदस्यतामा विवाद देखिएको सिन्धुपाल्चोकमा यसअगाडि वडा अधिवेशन हुन सकेको थिएन। भदौ १८ का लागि कांग्रेसले वडा अधिवेशन तोकेको थियो। विवाद समाधान गर्न बाँकी रहेका जिल्लामा असोज ५ का लागि वडा अधिवेशन तोकिएको थियो।

    जसअनुसार कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिति बैठकले जिल्लाभर वडा अधिवेशन मंगलबार गर्ने निर्णय गरेको छ। सभापति विकास लामाको अध्यक्षतामा बसेको बैठकले कार्यतालिकाअनुसार नै अधिवेशनहरू गर्ने निर्णय गरेको हो।

     

    प्रतिक्रिया
    थप समाचार