Online Nepal सोमबार, बैशाख २४ २०८१

एमाले सांसदको नाराबाजीकै बीच बजेट पारित

एमाले सांसदको नाराबाजीकै बीच बजेट पारित


मध्यान्तर
  • सोमबार, असोज ४ २०७८

  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच प्रतिनिधि सभाबाट बजेट पारित भएको छ ।

    सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।
    प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ ।

    राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ ।

    बजेट पारित नहुँदा भदौदेखि ३१ सरकारी खर्च रोकिएको थियो।

     

    प्रतिक्रिया
    थप समाचार