Online Nepal आइतबार, बैशाख २३ २०८१

कांग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार नागेश कोइराला

कांग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार नागेश कोइराला


मध्यान्तर
  • सोमबार, बैशाख १२ २०७९

  • काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको  मेयरको टिकट नागेश कोइरालालाई दिएको छ।

    पार्टीले उनलाई प्रमुखको उम्मेदवारका लागि टिकट दिएको नेता डा. शेखर कोइरालाको सचिवालयले पुष्टि गरेको छ।

    विराटनगरमा कुरा नमिल्दा कांग्रेसले महानगरपालिकाको उम्मेदवारी टुंग्याउन ढिलाई गरेको थियो।

    विराटनगरको प्रमुखमा डा.कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिएका थिए।

    यस्तै सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व केन्द्रीय सदस्य अमृत अर्याल र केन्द्रीय सदस्य डा. डिला संग्रौलालाई अघि सारेका थिए।

    महानगरको प्रमुखमा उम्मेदवारका लागि टिकट पाएका नागेश मोरङ कांग्रेसका उपसभापति हुन्। १३ औँ महाधिवेशनमा उनी जिल्ला सचिव थिए। नागेश पार्टीका पूर्वकोषाध्यक्ष पनि हुन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार