Online Nepal शनिबार, जेष्ठ ५ २०८१

क्षतिपूर्ति माग्ने पसलेसँग बालेनले भने : घरधनी दोषी हुन्

क्षतिपूर्ति माग्ने पसलेसँग बालेनले भने : घरधनी दोषी हुन्


मध्यान्तर
  • बुधबार, भाद्र ८ २०७९

  • फाइल तस्बिर

    काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरमा गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोषी हुने बताएका छन् ।

    बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन ठूलो संख्यामा प्रहरी र डोजरसहित पुगेका मेयर बालेनले पिडित व्यापारीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

    घरधनी प्रति संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ, किनकी दोष उसको हो ।’

    उनले व्यापारीहरु मारमा नपर्ने आश्वासन समेत दिए । मेयर बालेनसँग न्यूरोडमा स्थानीयले सडकमा बेच्न राखेको पानीपुरीसहितका पसल समेत हटाउन माग गरे । जवाफमा मेयर बालेनले त्यसबारे सूचना दिन आग्रह गरे । उनले भने, ‘नक्सा पासविना बनेका सबै संरचना हट्छन् ।’

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार