Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अब केही दिनमा फोहर उठिसक्छ : बालेन शाह

अब केही दिनमा फोहर उठिसक्छ : बालेन शाह


मध्यान्तर
  • शुक्रबार, भाद्र ३ २०७९

  • फाइल तस्बिर

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहर केही दिनमा उठाइसकिने बताएका छन् ।

    सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेको र आज मात्रै  २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेको मेयर शाहले जानकारी दिए । शाहले आफूहरुसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेकाले समस्या रहेको बताएका छन् ।

    ‘यहि अवस्था कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने छ । हामीसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन् । ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ ‘ शाहले भनेका छन् ।

    फोहर उठाउन महानगरले यातायात व्यवसायीसँग सहयोग लिएको थियो ।

    महानगरको आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (नि:शुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायतलाई उनले धन्यवाद दिएका छन् । महानगरलाई थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थालाई सम्पर्क गर्न शाहले आह्वान गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार