Online Nepal शुक्रबार, बैशाख १४ २०८१

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिने


मध्यान्तर
  • सोमबार, पुष १८ २०७९

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्।

    नेपालको कानुनमा प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

    नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनको सहमतिमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका उनले पुस २६ गते विश्वासको मत लिने जानकारी संसद सचिवालयले दिएका छन्।

    प्रचण्डले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दा सात दल र स्वतन्त्र सांसद गरी १६९ सांसदको साथ देखिएको थियो। यद्यपि, विश्वासको मत लिने बेलामा एकीकृत समाजवादी लगायतका दलको पनि समर्थन गर्ने आकलन गरिएको छ।

     

    प्रतिक्रिया
    थप समाचार