Online Nepal शुक्रबार, बैशाख १४ २०८१

कोशी नामकरणको खारेजको माग गर्दै भएको आन्दोलनमा घाइते पदम लिम्बूको निधन

कोशी नामकरणको खारेजको माग गर्दै भएको आन्दोलनमा घाइते पदम लिम्बूको निधन


मध्यान्तर
  • शुक्रबार, चैत्र १० २०७९

  • काठमाडौं । प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै भएको चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू लाजेहाङ) को निधन भएको छ।

    प्रदेशको नाम ‘कोशी’ हटाउनुपर्ने माग राखी  विराटनगरमा भएको विरोध प्रदर्शनमा प्रहरीको कुटाइबाट घाइते लाजेहाङको उपचारका क्रममा आज बिहान २:३० बजे धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा निधन भएको हो।

    प्रर्दशनका क्रममा निषेधाज्ञा तोडेर अगाडि बढेपछि सशस्त्र प्रहरीले लाठीचार्ज गर्दा उनी घाइते भएको प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ। बीपी प्रतिष्ठानको आईसीयूमा उपचारत लिम्बूको थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौँ लाने तयारी भइरहेका बेला निधन भएको संघर्ष समितिले जनाएको छ। धरान–१५ का पदम लिम्बूलाई सहिद घोषणा गर्न माग गरिएको छ।

    संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गरी भनेको छ, ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढंगले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनु पर्दछ।’ लिम्बु हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न माग गरिएको छ।

    लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सह(कमान्डर थिए ।  लाजेहाङ २०५२ सालदेखि लिम्बुवान आन्दोलनमा सक्रिय थिए।

    प्रतिक्रिया
    थप समाचार