Online Nepal सोमबार, बैशाख २४ २०८१

राष्ट्रिय सभाका मतदाता मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष थारु बेहोस, अस्पताल भर्ना

राष्ट्रिय सभाका मतदाता मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष थारु बेहोस, अस्पताल भर्ना


मध्यान्तर
  • बिहिबार, माघ ११ २०८०

  • काठमाडौं । कोसी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदाता रहेका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेका छन्  । बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

    राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधवार साँझ बेहोस भएर ढलेका थिए।

    होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि स्थानीय पारस अस्पताल लगिएको थियो।

    त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ  नोबेलको भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको थप उपचार भइरहेको र चिकित्सकले अवस्था गम्भीर रहेको बताएका छन्। ऊनी कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् ।

    प्रतिक्रिया
    थप समाचार