Online Nepal बुधबार, बैशाख १९ २०८१

सरकारले नेपाल-चीनबीचको व्यापारिक नाकाहरू व्यवस्थित गर्ने विषयलाई प्राथमिकता दिएको छ : प्रधानमन्त्री प्रचण्ड

सरकारले नेपाल-चीनबीचको व्यापारिक नाकाहरू व्यवस्थित गर्ने विषयलाई प्राथमिकता दिएको छ : प्रधानमन्त्री प्रचण्ड


मध्यान्तर
  • शनिबार, माघ २७ २०८०

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान  सरकारले नेपाल-चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरू सुरु र व्यवस्थित गर्ने विषयलाई प्राथमिकता दिएको बताएका छन् । शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारणसभालाई सम्बोधन गर्दै उनले तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरू सरु र व्यवस्थित गर्न कुरा प्राथमिकतामा राखेको बताए ।

    त्यसैको परिणामस्वरुप तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उनले चिनियाँ राजदूतसँग पनि केही दिनअघि मात्रै चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमति अघि बढाउने बारेमा छलफल गरेको बताए ।

    उनले छलफलमा रम्परागत नाकाहरु खोल्ने, टोखा-छहरे सुरुङ मार्गको डीपीआर तयार गर्ने र हिल्सा-सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको बताए ।

     

     

    प्रतिक्रिया
    थप समाचार