Online Nepal शनिबार, बैशाख १५ २०८१

एनआरएनएको ललिता निवासस्थित भवन खाली नगराउन अन्तरिम आदेश

एनआरएनएको ललिता निवासस्थित भवन खाली नगराउन अन्तरिम आदेश


मध्यान्तर
  • सोमबार, फाल्गुन १४ २०८०

  • काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को ललिता निवासस्थित केन्द्रीय कार्यालय भवन खाली नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।

    सोमबार उच्च अदालतका न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा बनेको एनआरएनएको उक्त भवन तत्कालीन खाली नगराउन अन्तरिम आदेश दिएको हो।
    विशेष अदालतको फैसलाअनुसार काठमाडौं महानगरपालिकाले एनआरएनएको केन्द्रीय कार्यालय भवनसहितका संरचना खाली गराउने सूचना निकालेपछि निषेधाज्ञाको आदेश माग गर्दै रिट दर्ता भएको थियो।

     

     

     

    प्रतिक्रिया
    थप समाचार