Online Nepal शनिबार, बैशाख १५ २०८१

हाम्रो पार्टी नेपालले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

हाम्रो पार्टी नेपालले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता


मध्यान्तर
  • मंगलबार, चैत्र १३ २०८०

  • काठमाडौं । हाम्रो पार्टी नेपालले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यो सँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको वाग्मती प्रदेश सरकार संकटमा परेको छ ।

    सदनमा दुई सांसद रहेको उक्त पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । सो पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले चैत ९ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको भए पनि मंगलबार मात्र पत्र दर्ता गरेका हुन् । उनले इमेलमार्फत पत्र दर्ता गराएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार