Online Nepal शनिबार, बैशाख १५ २०८१

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


मध्यान्तर
  • बुधबार, चैत्र १४ २०८०

  • फाइल तस्बिर

    काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा अहिले बिहान बस्दैछ ।

    बैठकमा वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल हुने जनाइएको छ । इलाम-२ को उपनिर्वाचनमा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। गठबन्धनमै रहेको रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ।

    यस्तोमा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने कि गठबन्धनका उम्मेदवारलाई सघाउने भन्ने विषयमा पदाधिकारी बैठकमा छलफल हुनेछ। आजको पदाधिकारी बैठकमा सत्ता गठबन्धनबीच भएको सहमति र पार्टीको धारणाबारे छलफल हुनेछ।

    प्रतिक्रिया
    थप समाचार