Online Nepal शनिबार, बैशाख १५ २०८१

माओवादीले इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारी दिने

माओवादीले इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारी दिने


मध्यान्तर
  • बुधबार, चैत्र १४ २०८०

  • फाइल तस्बीर

    काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ ।

    बुधवार बसेको पार्टी केन्द्रिय पदाधिकारी बैठकले प्रतिनिधि सभामा इलाम २ र प्रदेश सभामा बझाङ १ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका एक सदस्यले पार्टी बैठकले इलाममा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारी दिने निर्णय भएको बताए । उनले उम्मेदवारको नाम भने छलफल बाँकी नै रहेको र अर्को बैठकबाट टुंगो लाग्ने बताए ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार