Online Nepal शनिबार, बैशाख १५ २०८१

गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले

गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले


मध्यान्तर
  • बिहिबार, चैत्र १५ २०८०

  • काठमाडौं। नेपालका लागि बेलायती राजदूत रोब फेनले बिहीबार नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्।

    लामिछानेले गृह मन्त्रालयको सम्हालेको केही सातापछि राजदूत फेन उनलाई भेटेर बधाई दिन पुगेका हुन्।

    गृहमन्त्री लामिछानेको सचिवालयका अनुसार भेटका क्रममा राजदूत फेनले जाजरकोट भूकम्प क्षतिको पुनर्निर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने आश्वासन दिएका छन्।

    यस्तै नेपालको विकाश निर्माण साझेदारीका लागि नयाँ योजना ल्याउने क्रममा बेलायत सरकार रहेको पनि राजदूत फेनले जानकारी दिएका छन्।

    गृहमन्त्री लामिछानेले गोर्खा सैनिकले गरेको योगदान स्मरण गराउँदै उनीहरूले उठाएका मुद्दा बेलायत सरकारबाट न्यायोचित सम्बोधन हुनेमा आफू आशावादी रहेको बताएका थिए।

    प्रतिक्रिया
    थप समाचार