Online Nepal शनिबार, बैशाख १५ २०८१

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत


मध्यान्तर
  • शुक्रबार, चैत्र १६ २०८०

  • काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उनले पदबाट दिएको राजीनामा स्वीकृति गरिएको बताए ।

    उपाध्यक्ष अर्यालले बिहीबार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिएकी हुन् । नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपाध्यक्ष भएकी अर्यालले नयाँ सत्ता समीकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिएकी हुन् ।

    प्रतिक्रिया
    थप समाचार