Online Nepal शुक्रबार, बैशाख २१ २०८१

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?


मध्यान्तर
  • आइतबार, चैत्र २५ २०८०

  • काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।

    महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत शक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर तोलाको १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार