Online Nepal बुधबार, बैशाख १९ २०८१

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से


मध्यान्तर
  • बुधबार, चैत्र २८ २०८०

  • काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १०.७१ अंकले घटेर दुई हजार २५ दशमलव ३० विन्दुमा बन्द भएको हो ।

    नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार चार अर्ब भन्दा बढीको कारोबार भएको नेप्सेमा आज ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६३ वटाको बढेको छ भने १७६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा मान्डु हाइड्रोपावर लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज क्रमशः ९.६९ र ८.२६ प्रतिशतले बढेको छ ।

    आज सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको १२ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार