Online Nepal बुधबार, बैशाख १९ २०८१

बोनम्यारो क्यान्सरबाट पीडित दीपक मगरद्वारा आर्थिक सहयोगका लागि अपिल

बोनम्यारो क्यान्सरबाट पीडित दीपक मगरद्वारा आर्थिक सहयोगका लागि अपिल


मध्यान्तर
  • बुधबार, चैत्र २८ २०८०

  • काठमाडौं । तनहुँ जिल्ला देवघाट गाउँपालिका स्थायी ठेगाना भएका दीपक मगरले उपचारको लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू विगत ९/ १० वर्षदेखि बोनम्यारो क्यान्सरबाट पीडित रहेको बताए ।

    उनले अहिले बोनम्यारो ट्रान्सप्लान्टको तयारी भइरहेको र त्यसका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् ।
    ‘मलाई रोग लागेको ९/१० वर्ष भइसक्यो । अहिलेसम्म उपचार गर्न सकेको छैन । मेरो परिवारमा तीन वर्षको बच्चा र श्रीमती छन् । अहिले श्रीमती पनि माइग्रेनको विरामी छिन् । अहिले म उपचार गर्न नसकेर आर्थिक सहयोगको अपिल गर्न आएको छु । सबै जनाले सहयोग गरिदिनु होला,’– उनले भने ।
    दीपक मगरको लक्ष्मी सनराइज बैंकको खाता नं. ०१२२४१०९८९६ मा सकेको आर्थिक सहयोग गरिदिन उनले अपिल गरेका छन् । साथै, विरामीसँग अन्य कुराको आवश्यक जानकारी लिन मोवाइल नम्बर ९७०४४१२५६९ मा सम्पर्क गर्न पनि भनिएको छ ।

    प्रतिक्रिया
    थप समाचार