Online Nepal आइतबार, बैशाख २३ २०८१

एसिसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दै

एसिसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दै


मध्यान्तर
  • सोमबार, बैशाख ३ २०८१

  • काठमाडौं । एसिसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११:४५ बजेदेखि नेपाल र हङकङबीचको खेल सुरू हुनेछ।

    नेपाल अघिल्लो दुई खेलमा विजयी भएको थियो। पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो। शनिबार भएको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको थियो।

    नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

     

    प्रतिक्रिया
    थप समाचार