काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।
अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ । यी दुई टिमबीचको खेल आजै अपराह्न ४ः१६ बजे हुने तय भएको छ । सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आइतबार हुनेछ