ललितपुर । राष्ट्रिय संगीतकर्मी संघ ललितपुरको अध्यक्षमा सविना दाहाल निर्वाचित हुनुभएको छ। दाहाल शनिबार सम्पन्न संघको १२औ साधारणसभा तथा छैठौं अधिवेशनबाट सर्बसम्मत अध्यक्ष अध्यक्षमा निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष सुभाष महतले जानकारी दिनुभयो।
संघको वरिष्ठ उपाध्यक्षमा श्यामसुन्दर तिमल्सिना, प्रथम उपाध्यक्षमा रेश्मा तिमल्सिना (बुनुमैचा), द्वितीय उपाध्यक्षमा रञ्जित सन्जेल, महिला उपाध्यक्षमा सदिक्षा बजगाईं र अर्को उपाध्यक्षमा एलिना बास्कोटा (उडीउडी चुप्पा) निर्वाचित हुनु भएको हो ।
संघको जिल्ला कार्यसमितिको सचिवमा राजु तिमल्सिना, सहसचिवमा रोमप्रसाद हुमागाईं (राजु) र भगवान भण्डारी, कोषाध्यक्षमा सृजना घिमिरे, सहकोषाध्यक्षमा महेश महत र प्रवक्तामा दिनेश घिमिरे निर्वाचित हुनुभएको छ। त्यस्तै कार्यसमिति सदस्या निर्वाचित हुनेहरूमा मनोज दाहाल, विश्वराम तिमल्सिना, सुरेश तिमाल्सिना, मिलन बन्जारा, श्याम कुमार महत र सरस्वती महर्जन निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष महतले जानकारी दिनुभयो।