Online Nepal शनिबार, बैशाख २२ २०८१

युएस डलर सात महिना यताकै सस्तो

युएस डलर सात महिना यताकै सस्तो


मध्यान्तर
  • बुधबार, भाद्र १७ २०७७

  • काठमाडौं । अमेरिकी डलर बिगत सात महिनायताकै  सस्तो बनेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार केन्द्रीय बैंकबाट १ डलर किन्‍न बुधबार ११६ रुपैयाँ ८९ पैसा मात्र तिर्नुपर्ने भएको हो ।

    हिजो अमेरिकी डलरको विनिमयदर ११८ रुपैयाँ ८ पैसा थियो । सोमबारसम्म डलरको मूल्य ११७ रुपैयाँ ७२ पैसा रहेकामा मंगलबार बढेको थियो । बुधबार भने डलरको विनिमयदर १ रुपैयाँ ३६ पैसा कम भएको हो ।

    केन्द्रीय बैंकले सर्वसाधारणबाट ११६ रुपैयाँ २९ पैसामा किन्‍नेछ ।बुधबार युरोको विनिमयदर १३९ रुपैयाँ ९५ पैसा तथा पाउन्डको १५७ रुपैयाँ २० पैसा कायम भएको छ । जुन महिनामा १२२ रुपैयाँसम्म पर्ने गरेको अमेरिकी डलर जुलाई र अगस्तमा १२१ हुँदै १२० सम्म झरेको थियो ।

    बुधबार कायम अमेरिकी डलरको विनिमय दर गएको ७ महिनायताकै सस्तो हो ।  गत फेब्रुअरीमा डलरको विनिमयदर औसत ११४ रुपैयाँ रहेको डलर मार्चमा ११८, अप्रिलमा १२२ र मेमा १२० रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार