Online Nepal सोमबार, बैशाख २४ २०८१

कोरोनाबाट एकै दिन १७ जनाको मृत्यु, अहिलेसम्म कुल ४५३ जनाले ज्यान गुमाए

कोरोनाबाट एकै दिन १७ जनाको मृत्यु, अहिलेसम्म कुल ४५३ जनाले ज्यान गुमाए


मध्यान्तर संवाददाता
  • बिहिबार, असोज ८ २०७७

  • इन्टरनेटबाट सांकेतिक तस्वीर

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहिबारको नियमित प्रेस ब्रिफिङमार्फत ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिएका छन् ।

    मृत्यु हुनेमा मोरङका ५५ वर्षीया, सुनसरीका ८१ वर्षीया, धादिङका ३२ वर्षीया भक्तपुरमा ७३ वर्षीया र काठमाडौंमा ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    यस्तै भक्तपुरमा ८४ वर्षीय, काठमाडौंमा ७५, ७९ र ८० वर्षीय, झापामा ७८ वर्षीय, धनुषामा ६८ र ७० वर्षीय, रौतहटमा ६५ वर्षीय, तनहुँमा ३९ वर्षीय, दाङमा ३९ वर्षीय, कपिलवस्तुमा ५० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

    आज १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा आज ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा संक्रमण देखिएको छ ।

    प्रतिक्रिया
    थप समाचार