Online Nepal सोमबार, बैशाख २४ २०८१

उपत्यकामा एकैदिन ६४५ जनामा कोरोना संक्रमण, काठमाडौमा मात्रै ५०३ जना संक्रमित

उपत्यकामा एकैदिन ६४५ जनामा कोरोना संक्रमण, काठमाडौमा मात्रै ५०३ जना संक्रमित


मध्यान्तर संवाददाता
  • शुक्रबार, असोज ९ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमार्फत काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको डा. गौतमले जानकारी दिए । उनका अनुसार १८ हजार २८९ कोरोनाका सक्रिय संक्रमित छन् ।

    यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ५२ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार ४६४ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १२ हजार २६२ पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । मन्त्रालयका अनुसार आइसीयूमा २२७ र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको छ ।

    देशैभर कोरोनाबाट हालसम्म ४५९ जनाको मृत्यु भएको छ। शुक्रबारमात्रै उपत्यकाका २ सहित देशभर ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार