Online Nepal शनिबार, बैशाख २२ २०८१

इसेवा मनि ट्रान्सफर र हङकङको केएमई रेमिटेन्सबीच रेमिटेन्स सेवा सुरु गर्ने सम्झौता

इसेवा मनि ट्रान्सफर र हङकङको केएमई रेमिटेन्सबीच रेमिटेन्स सेवा सुरु गर्ने सम्झौता


मध्यान्तर
  • मंगलबार, मंसिर २ २०७७

  • काठमाडौं । बिद्युुुुुतिय भुत्तानी सेवाप्रदायक कम्पनी इसेवा मनि ट्रान्सफर र हङकङको केएमई रेमिटेन्सबीच रेमिटेन्स सेवा सुरु गर्ने सम्झौता भएको छ। यो सेवा सुरु भएपछि हङकङमा रहेका  नेपालीहरुले केएमई रेमिटेन्सबाट रकम पठाउन सकिनेछ।

    सो नगदमा पठाइएको रकम नेपाल भर रहेका आठ हजारभन्दा धेरै इसेवा मनि ट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एप मार्फत पनि प्राप्त सकिने विज्ञप्तिमा उल्लेख छ।

    बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। केएमईले छिट्टै नै इसेवा मनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्फत पनि सुरु गर्नेछ। सम्झौतामा इसेवाका प्रबन्ध निर्देशक अजेश कोइराला र केएमईका प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार