Online Nepal शुक्रबार, बैशाख २१ २०८१

कृषि उद्योगको हरिबिजोग

कृषि उद्योगको हरिबिजोग


मध्यान्तर
  • शुक्रबार, माघ १८ २०७५

  • काठमाडौं । तत्कालीन राजा महेन्द्राले कृषि क्षेत्र सुधार गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको कृषि उद्योगको हरिबिजोग छ । यो नेपालको एकमात्र कृषि उद्योग हो ।

    पर्साको वीरगञ्ज नगरपालिकामा अवस्थीत यो कृषि उद्योग २०७० सालको कृषिमा स्थापना गरिएको हो । तत्कालिन गणना अनुसार नेपालको कुल जनसङ्ख्याको ७१ प्रतिशत मानिसहरु कृषि पेशामा निर्भर रहेका थिए ।
    यसैले कृषिका लागि आवश्यक पर्ने औजारहरू उत्पादन गर्न नेपालमा कुनै उद्योग कारखाना नहुँदा यसलाई सञलन गरिएको हो । सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको संयुक्त लगानीमा राजा महेन्द्रले वि.स २०२४ सालमा यस उद्योगलाई सञ्चालनमा ल्याए ।

    राजा महेन्द्रले कृषि क्षेत्रलाई आवश्यक पर्ने सबै किसिमका आधुनिक उपकरणको उत्पादन गरी देशका कुना कन्धरामा पुर्याएर किसानलाई सरल र सुलभ तरिकाले उपलब्ध गराउने भन्दै कारखानाको स्थापना गरेका थिए ।

    तर, अहिले संरक्षणको अभावमा उद्योग धुलाम्मे छ । लामो समय देखि सञ्चालनमा नआएका कारण तथा संरक्षणम कसैको ध्यान नजादा यो उद्योग जिर्ण अवस्थामा छ । २०५९ सालदेखि बन्द रहेको कारखाना संरक्षण र सदुपयोग नहुँदा अहिले औजार उत्पादन गर्ने मेसिन कामै नलाग्ने गरी जीर्ण बनेका छन् ।

    कुशल व्यवस्थापनको अभाव र चरम राजनीतिक हस्तक्षेपले एक दशकअघि नै बन्द भएको यो कारखाना सञ्चालनका लागि विभिन्न मन्त्रीबाट प्रतिवेदन तयार भए पनि कारखाना सञ्चालनमा आउन सकेनन्।

    यसैबीच हालको दुई तिहाइ सरकारले पनि आर्थिक वर्ष २०७५/७६ को बजेटमा कृषि औजार कारखाना स्थापना गर्ने लक्ष्य राखेको छ।

    सोही लक्ष्य अनुसार सम्बन्धित मन्त्रालयका प्रतिनिधि कारखानाको स्थलगत अध्ययन अवलोकनको लागि आएको कारखाना इन्चार्ज मनोहरप्रसाद गौतमले जानकारी दिए।

    ‘यसअघि कृषि मन्त्रालयबाट एउटा टोली आएको थियो, उनीहरू पनि अवलोकन गरेर गए,’ उनले भने।

    बन्द भएको लामो समय भइसक्दा पनि टाढा–टाढाका किसानहरू औजार बनाउन आउने गरेको काखानाका इन्चार्ज मनोहर बताउँछन्।

    ‘औजार बनाउन पाइन्छ कि भनेर रोल्पा, डोल्पाबाट अहिले पनि कृषक आउँछन्। तर, कारखाना नै बन्द देखेपछि उनीहरू कहिले खुल्छ भनेर सोध्दै फर्कन्छन्’, उनले भने।

    गौतमका अनुसार कारखाना बन्द हुँदा कृषकले भारतबाट महङ्गोमा सामान ल्याउनु परेको छ।

    पहिला कच्चा पदार्थ बाहिरबाट ल्याएर औजार उत्पादन गरी भारतमासमेत निर्यात हुन्थ्यो। अहिले उत्पादन हुन नसक्दा भारतलगायत अन्य छिमेकी मुलुकबाट अर्बौको औजार आयात गर्नुपरेको छ। यो कारखाना बन्द हुँदा कृषक बढी मर्कामा परेको उनी बताउँछन्।

    २०३९ सालदेखि कारखानामा आबद्ध गौतमलाई ५९ सालमा कारखाना खारेज भएपछि पुनः सोही समयमै अर्थ मन्त्रालयले करार सेवामा लिएको थियो।

    प्रतिक्रिया
    थप समाचार