Online Nepal सोमबार, बैशाख २४ २०८१

युगान्डाले जित्यो दुई खेलअगावै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज

युगान्डाले जित्यो दुई खेलअगावै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज


मध्यान्तर
  • बिहिबार, जेष्ठ ५ २०७९

  • काठमाडौं । युगान्डाले दुई खेलअगावै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ । बिहीबार भएको सिरिजको तेस्रो खेलमा युगान्डाले नेपाललाई ६ विकेटले हराउँदै दुई खेल अगावै सिरिज जित्न सफल भयो ।

    त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको एक सय रनको लक्ष्य पछ्याएको युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर १०१ रन बनयो । युगान्डाका लागि केभिन विनोले सर्वाधिक ४२ रनको योगदान गरिन् । त्यस्तै जनेत बाबाजीले २७ रन बनाउँदा अन्य कुने ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
    बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् । त्यस्तै रुबिना क्षेत्री र इन्दु बर्माले एक–एक विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

    नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन् । ५४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् । नेपालका लागि कप्तान रुविना श्रेत्रीले १६ रन बनाउँदा सीता रानामगरले १२ रनको योगदान गरिन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार