Online Nepal सोमबार, बैशाख २४ २०८१

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने


मध्यान्तर
  • मंगलबार, जेष्ठ १० २०७९

  • काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ । यसअघि जेठ २२ देखि २८ गतेसम्म पोखरामा गर्ने तयारी गरिएको प्रतियोगिता असोज अन्तिम साताका लागि सरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो ।

    प्रतियोगिता अब असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । यो पटक प्रतियोगितामा ३६ वटा खेल समावेश गरिने भनिएको थियो ।बजेट कार्यन्वयनमा समस्या, समय अभाव, स्थानीय निर्वाचनका कारण साथै ११र१२ को परीक्षासमेत परेकाले प्रतियोगिता सारिएको बताइएको छ । प्रतियोगिताका लागि ६० करोड बजेट अनुमान गरिएको छ  ।

     

    प्रतिक्रिया
    थप समाचार