Online Nepal सोमबार, बैशाख २४ २०८१

क्यानको निर्णयविरुद्ध इपीएलले दायर गर्‍यो सर्वोच्च रिट

क्यानको निर्णयविरुद्ध इपीएलले दायर गर्‍यो सर्वोच्च रिट


मध्यान्तर
  • बिहिबार, जेष्ठ १२ २०७९

  • काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट सञ्चालन गर्न नदिने नेपाल क्रिकेट संघ (क्यान) को निर्णयविरुद्ध इपीएलले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । दायर रिटमा इपीएलले अन्तरिम आदेश माग गरेको हो ।

    लामो समय नेपाली क्रिकेट नभएको समयमा क्रिकेट सञ्चालन गर्दा अहिले क्यानले आफ्नै लिग सञ्चालन गरेर आफूहरुलाई धोका दिएको इपीएलको दाबी छ । क्यानले नेपालमा एक मात्र घरेलु लिग सञ्चालन हुने भएकाले फ्रेन्चाइजी( ईपीएल) लिगहरुलाई मान्यता नदिने बताएको थियो । यसअघि सञ्चालन भइरहेको अन्य घरेलु लिगहरुलाई क्षेत्रीय लिगको रुपमा मान्यता दिने बताएको छ ।

    विज्ञप्तिमा भारतीय कम्पनीलाई क्यानले गैरकानुनी पाटोमा नीजि सम्झौता गरेको पनि इपीएलले आरोप लगाएको छ । साथै यो सम्झौता पारदर्शी नभएको पनि इपीएलको आरोप छ । ‘क्यानको यो निर्णयको, ईपीएल र सबै ६ फ्रेन्चाइजीहरु कानुनी पाटो खोज्ने निर्णय गरेका छन् । त्यसैले सर्वोच्च अदालतले मा क्यानको गलत निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दायर गरिएको छ । न्यायपालिकाले हामीलाई उचित उपचार दिनेछ भन्ने विश्वास छ,’ ईपीएलको विज्ञप्तिमा लेखिएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार