Online Nepal सोमबार, बैशाख २४ २०८१

इपिएलले दायर गरेको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

इपिएलले दायर गरेको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी


मध्यान्तर
  • मंगलबार, जेष्ठ १७ २०७९

  • नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना अनुमति नदिएको भन्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) ले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले सोमबार कारण देखाऊ आदेश दिएको छ ।

    सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज मुद्दाको सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएका हुन्। इपिएलले भने अन्तरिम आदेश माग गरेको थियो। यसका लागि अर्को छलफलका लागि बोलाइएको छ।

    ‘रिट निवेदकले मागे बमोजिमको अन्तरिम आदेश हुने वा नहुने निर्णय गर्नुअघि दुवै पक्षको बहस पनि सर्वोच्चले सुन्ने भएको छ। त्यसका लागि दुवै पक्षलाई बहसमा आउन भनेको छ,’ सर्वोच्चका प्रवक्ता विमल पौडेलले भने।

    यसअघि क्यानले देशको एउटा मात्र आधिकारिक लिग हुने बताउँदै अरू लिगलाई राष्ट्रिय मान्यता नदिने स्पष्ट पारेको थियो।

     

    प्रतिक्रिया
    थप समाचार