Online Nepal सोमबार, बैशाख २४ २०८१

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट


मध्यान्तर
  • शनिबार, जेष्ठ २१ २०७९

  • काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ । शनिबार मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८ रन बनायो ।

    नेपालका लागि स्नेहा महराले ३ रन बनाइन, त्यस्तै मनिषा रानाले २ नर बनाउँदा किरण कुँवर, अञ्जली विश्वकर्मा र अनु कडायतले समान १–१ रन बनाइन् । बलिङतर्फ यूएईका लागि माहिका गौरलले पाँच विकेट लिइन । त्यस्तै इन्दुजा नजाकुमारले तीन विकेट हात पार्दा समिका धनकान्दाले एक विकेट लिइन् ।

    नेपालले दोस्रो खेलमा युएईको सामना गर्दैछ । नेपालले शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले हराएको थियो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार