Online Nepal सोमबार, बैशाख २४ २०८१

आइसिसी विश्वकपको अभ्यास खेलमा नेपालको जित

आइसिसी विश्वकपको अभ्यास खेलमा नेपालको जित


मध्यान्तर
  • आइतबार, जेष्ठ २२ २०७९

  • काठमाडौं । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले    आइसिसी विश्वकप क्रिकेट लिग २का लागि दोस्रो अभ्यास खेलमा जित हात पारेको छ।

    रोहित पौडेलको कप्तानीमा रहेको नेपालले शनिबार ह्युस्टन हरिकेन्सलाई २९ रनले हराएको हो। नेपालले दिएको २ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको हरिकेन्स ४३.३ ओभरमा २ सय २१ अल आउट भयो। हरिकेन्सका निनाद निम्बालकरले सर्वाधिक ९९ रनको योगदान दिए।

    यस्तै रमिज राजाले २९, ओपनर एन्ड्रिस गौसले २८,गौरव बजाजले १५, उसमान राफिकले १२ र नितिश कुमारले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    अमेरिकी टोलीलाई रोक्न नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए। ८।३ ओभर बलिङ गरेका कामीले ३८ रन खर्चिएका थिए।

    यस्तै सागर ढकाल र किशोर महतोले २(२ तथा करन केसीले १ विकेट लिए। त्यसअघि प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९।१ ओभरमा अलआउट हुँदै २ सय ५० रन बनायो।

    नेपालका लागि कप्तान रोहित पौडेलले ९० बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक १ सय १ रनको शतकीय इनिङ खेले।

    हरिकेन्सका मोहम्मद इलियासले सर्वाधिक ५ विकेट लिए। हरमित सिंहले २ तथा हसन रासिदले १ विकेट लिए।

    आइसिसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज अघि दुई अभ्यास खेल खेलेको हो।
    नेपालले लिगको पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरूवात गर्नेछ।

     

    प्रतिक्रिया
    थप समाचार