Online Nepal सोमबार, बैशाख २४ २०८१

अष्ट्रेलियाको मैदानमा नेपाली क्रिकेट टिमले मेत्रीपूर्ण खेल खेल्ने

अष्ट्रेलियाको मैदानमा नेपाली क्रिकेट टिमले मेत्रीपूर्ण खेल खेल्ने


मध्यान्तर
  • शुक्रबार, जेष्ठ २७ २०७९

  • अन्तत:नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अष्ट्रेलियाको मैदानमा मैत्रीपूर्ण खेल खेल्न स्वागत गर्ने स्वतन्त्र प्रताप शाहको सपना र उद्देश्य पूरा हुने भएको छ । यस सम्बन्धमा नेपाल क्रिकेट संघ नेपाल र रोयल हेरिटेज अष्ट्रेलियाबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल क्रिकेट संघका तर्फबाट महाप्रबन्धक बृतान्त खनाल र रोयल हेरिटेज अष्ट्रेलियाको तर्फबाट स्वतन्त्र प्रताप शाहले हस्ताक्षर गरेका छन ।

    सम्झौता अनुसार नेपाली राष्ट्रिय क्रिकेट टीम र अष्ट्रेलियाका नेपाली लगायतका क्रिकेट क्ल्बहरूबीच हरेक बर्ष अष्ट्रेलियाका बिभिन्न शहरहरूमा मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना गरिने छ – ‘ अष्ट्रेलियामा रहेका नेपाली क्रिकेट टिम मध्येबाट एक टिम बनाइने छ भने अष्ट्रेलियाको नाम चलेको क्ल्ब र टिमहरुको पनि यो मैत्रीपूर्ण खेलमा सहभागिता रहने छ -‘ रोयल हेरिटेजका स्ततन्त्र प्रताप शाहले जानकारी दिएका छन । उनका अनुसार क्रिकेट खेलमा उच्च स्थानमा रहेको अष्ट्रेलियाको टिम र नेपाली खेलाडीहरूलाई एउटै मैदानमा सहभागि गराएर खेल मार्फत सदभाब र भाईचारा बढाउंनु पनि यो आयोजनाको उद्देश्य हो ।                                               

    मेत्रीपूर्ण खेल दश दिनको हुने जानकारी दिइएको छ । यस्तो ऐतिहासिक सम्झौतालाई सफल बनाउंन र साथ दिन नेपाल र अष्ट्रेलियामा रहनु हुने खेलप्रेमीहरू सबैमा हार्दिक आग्रह गरिएको छ ।यो ऐतिहासिक पहल कदमीमा साथ दिनु हुने नेपाल क्रिकेट संघ परिबारप्रति रोयल हेरिटेजले हार्दिक आभार ब्यक्त गरेको छ भने खेल हुने मिती र शहरका बारेमा चांडै जानकारी दिइंने बताइएको छ ।

    प्रतिक्रिया
    थप समाचार