Online Nepal बिहिबार, बैशाख २० २०८१

माल्टा पुगेकी नेपाली महिलाको मृत्यु

माल्टा पुगेकी नेपाली महिलाको मृत्यु


मध्यान्तर
  • सोमबार, कार्तिक २१ २०७९

  • काठमाडौँ । माल्टामा एक नेपाली महिलाको मृत्यु भएको छ । रोजगारीका लागि करिब १ महिना अगाडि माल्टा पुगेकी विनीता ढुंगेलको मृत्यु भएको हो ।

    इलामको सूर्योदय नगरपालिका(६, कन्यामकी ढुंगेलको उपचारको क्रममा माल्टाको सरकारी अस्पतालमा बिहीबार मृत्यु भएको हो । अस्पतालका अनुसार उनी डेंगुबाट ग्रसित बनेकी थिइन् ।

    माल्टा पुगेको भोलिपल्टबाटै स्वास्थ्यमा समस्या देखिए पछि ढुंगेललाई अस्पताल भर्ना गरिएको थियो । माल्टाको स्थानीय बिमा नभएको कारण उनको करिब ३० हजार युरोको बिल आएको बताइएको छ ।

    रोजगार दाता कम्पनी ओजो ग्रुपले घटनाप्रति दुःख व्यक्त गरेको छ । ढुंगेलले कम्पनीसँग कुनै पनि काम शुरु नगरेको भए पनि कम्पनीको तर्फबाट सहयोगका लागि तयार रहेको बताइएको छ ।

    प्रतिक्रिया
    थप समाचार