Online Nepal शुक्रबार, बैशाख १४ २०८१

सडकमा निस्किए अटो व्यवसायी, आयात फुकुवा गरे पनि आन्दोलन जारी

सडकमा निस्किए अटो व्यवसायी, आयात फुकुवा गरे पनि आन्दोलन जारी


मध्यान्तर
  • बिहिबार, मंसिर २२ २०७९

  • काठमाडौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सरकारले आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवापछि पनि आफ्नो आन्दोलनलाई जारी राखेको छ। नाडाले आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा भए पनि गाडी बिक्री हुने वातावरण नभएको भन्दै राष्ट्र बैंक र सरकारविरुद्ध आन्दोलन जारी राखेको हो।

    बिहीबार अटो व्यवसायीले माइतीघरमा पट्टी बाँधेर सरकार र राष्ट्र बैंकविरुद्ध नाराबाजीसहितको आन्दोलन गरेका हुन्। उनीहरूले बैंकले ब्याजदर घटाउनुपर्ने, चालू पुँजी कर्जा मार्गदर्शन स्थगन गर्नुपर्नेलगायत माग राखेका छन्। यो दोस्रो चरणको आन्दोलन हो।

    अटो व्यवसायीले यसअघि आफ्नो सामाजिक सन्जालको प्रो–फाइल पिक्चर तथा वालमा नारा राखेर अन्दोलन गरेका थिए। उनीहरूले आफ्ना सोरुम तथा गाडीमा गरी खान देऊ नारा टाँसेर विरोधसमेत जनाएका छन्।

    अटोमोबाइलका सोरुम तथा केही गाडीको अगाडि र पछाडि आयात प्रतिबन्ध खोल, गरी खान देऊ, शतप्रतिशत नगद मार्जिनको व्यवस्था खारेज गर, देशमा सरकार छ तरु, मौद्रिक नीति परिमार्जन गरलगायतका नारा लेखिएका ब्यानर टाँसेरले विरोध गर्दै आएका छन्।

    सरकारले लगाएको आयात प्रतिबन्धका कारण हालसम्म ५६ बढी सोरुम बन्द भएका छन् भने सयौंको रोजगारी गुमेको नाडाले जनाएको छ। हाल नेपालमा अटोमोबाइल व्यवसाय संकटमा परेको र उनीहरूको पेसागत सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने नाडा अध्यक्ष ध्रुव थापाको भनाइ छ।

    प्रतिक्रिया
    थप समाचार