Online Nepal शुक्रबार, बैशाख १४ २०८१

काठमाडौंमा गुडिरहेको टेम्पोमा आगो लागेपछि ….

काठमाडौंमा गुडिरहेको टेम्पोमा आगो लागेपछि ….


मध्यान्तर
  • शुक्रबार, पुष १५ २०७९

  • काठमाडौं । काठमाडौंमा गुडिरहेको टेम्पोमा एक्कासी आगो लागेको छ।

    आगलागीबाट बा १ ह ३९६७ नम्बरको टेम्पोमा क्षति पुगेको छ।

    पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने टेम्पोमा आज बिहान ७ बजेतिर आगो लागेको हो। टेम्पोको चालकले एक्कासी आगो लागेको बताए।

    ‘यात्रुलाई चोकमा ओरालेपछि टेम्पो लिएर म एक्लै अघि बढिरहेको थिएँ। एक्कासी झ्वाट्ट गर्‍यो, धुवाँ आउन थाल्यो,’ उनले भने, ‘टेम्पो रोकेर हेरेँ, आगो लागिरहेको रहेछ। पसलबाट जारको पानी ल्याएर निभाउन खोजेँ सकिनँ।’‘म, स्थानीय मानिसहरू र प्रहरी भएर जारको पानी खन्यायौं तर आगो निभेन,’ उनले भने, ‘दमकल आएर आगो निभाएको हो।’

    टेम्पोभित्रकै तार सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।

    प्रतिक्रिया
    थप समाचार