Online Nepal बिहिबार, बैशाख २० २०८१

पोखरा विमान दुर्घटना : बिहानैदेखि उद्धार सुरु

पोखरा विमान दुर्घटना : बिहानैदेखि उद्धार सुरु


मध्यान्तर
  • सोमबार, माघ २ २०७९

  • काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्यलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ । बिहा ६ बजदेखि नै उद्धारकार्य थालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

    हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको (एनएएनसी) विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । हिजो दिनभरि नै उद्धारकार्य गरिएको थियो । रात परेपछि उद्धारकार्यमा कठिनाइ भएकाले आज बिहानदेखि थाल्ने गरी स्थगित गरिएको थियो । उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।

     

    प्रतिक्रिया
    थप समाचार