Online Nepal बिहिबार, बैशाख २० २०८१

विमान दुर्घटनामा निधन भएका व्यक्तिको शव आज आफन्तलाई बुझाइँदै

विमान दुर्घटनामा निधन भएका व्यक्तिको शव आज आफन्तलाई बुझाइँदै


मध्यान्तर
  • सोमबार, माघ २ २०७९

  • काठमाडौं ।  आइतबार पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।

    दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने भएको छ ।

    पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ ।

    तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र छ जनाको शव अझै फेला परेको छैन ।

    सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार