Online Nepal शुक्रबार, बैशाख २१ २०८१

मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु


मध्यान्तर
  • सोमबार, माघ २ २०७९

  • काठमाडौं । दाङमा आज बिहानै भएको मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु भएको छ । सर्रा सौडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

    घोराही १६ का २१ वर्षका सुशील चौधरी र सोही ठाउँका १८ वर्षका विवेक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएका छन् । मृतकको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

    प्रतिक्रिया
    थप समाचार