Online Nepal शुक्रबार, बैशाख २१ २०८१

दुर्घटनाग्रस्त यती विमानको ‘ब्ल्याक बक्स’ भेटियो

दुर्घटनाग्रस्त यती विमानको ‘ब्ल्याक बक्स’ भेटियो


मध्यान्तर
  • सोमबार, माघ २ २०७९

  • काठमाडौं । आइतबार पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका एक प्रवक्ताका अनुसार ब्ल्याक बक्स सुरक्षित रुपमै भेटिएको छ।

    आइतबार खोजी तथा उद्धारको क्रममा विमानको पछिल्लो भाग भेटिएको थियो। सोमबार बिहानैदेखि खोजी तथा उद्धार पुनस: सुरु गरिएकोमा विमानको पछिल्लो भाग पनि फेला परेको हो।

    ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ ।

    प्रवक्ताका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।

     

    प्रतिक्रिया
    थप समाचार