Online Nepal शनिबार, बैशाख २२ २०८१

आज सातै प्रदेशमा बजेट घोषणा हुँदै, प्रदेश ३ मा झण्डै ५० अर्वको बजेट

आज सातै प्रदेशमा बजेट घोषणा हुँदै, प्रदेश ३ मा झण्डै ५० अर्वको बजेट


मध्यान्तर
  • आइतबार, असार १ २०७६

  • काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् । संघिय सरकारको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारहरुले बजेट ल्याउँदैछन् । यस आधारमा सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने अनुमान गरिएको छ ।

    जसमा प्रदेश सरकारहरुले आफ्नो प्रथमिकताको आधारमा बजेटको सिलिङ तय गरेका छन् । सात प्रदेश मध्य प्रदेश ३ ले सबैभन्दा ठूलो आकारको बजेट तयार गरेको छ । सबै प्रदेशले चालु आर्थिक वर्षको भन्दा केही ठूलो आकारको बजेट ल्याउन लागेका छन् ।

    प्रदेश १ सरकारले चालू आर्थिक वर्षमा ३५ अर्ब २ करोडको बजेट सार्वजनिक गरेकोमा आगामि आवको लागि करिब ४२ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश २ को सरकारले चालु आर्थिक वर्षमा २९ अर्बको बजेट ल्याएकोमा आगामि आवमा करिब ३५ अर्बको हुने गरी बजेट बनाएको छ । त्यसैगरी प्रदेश ३ को सरकारले ४८ देखि ५० अर्बको वीचमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले ३५ अर्बको बजेट ल्याएको थियो ।

    चालु आर्थिक वर्षमा २४ अर्बको बजेट ल्याएको गण्डकी प्रदेशले आगामी आवको लागि ३२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । त्यस्तै प्रदेश ५ को बजेट करिब ३४ अर्बको हाराहारीमा आउँदैछ छ । यस प्रदेशले पहिलो आर्थिक वर्षमा २८ अर्बको बजेट ल्याएको थियो । कर्णाली प्रदेशले ३३ अर्बको हाराहारीमा बनेट ल्याउन लागेको छ । कर्णालीले चालु आर्थिक वर्षमा २८ अर्बको बजेट ल्याएको थियो । त्यसैगरी सुदुर पश्चिम प्रदेशले चालु आर्थिक वर्षमा २५ अर्बको बजेट घोषणा गरेकोमा आगामि आवको लागि २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार