Online Nepal शुक्रबार, बैशाख १४ २०८१

सुर्खेत जिप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी

सुर्खेत जिप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी


मध्यान्तर
  • आइतबार, माघ ८ २०७९

  • काठमाडौँ ।, आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जिप दुर्घटनामा परी मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी रहेको खुलेको छ ।

    कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। रविन खड्काका अनुसार मृत्यु भएकामा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) दीपेन्द्रजंग शाही छन् ।

    त्यसैगरी दैलेख भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) बबिन शाही र दैलेख गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) राजेन्द्र बीसी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर–७ का २७ वर्षीय सागर शाहीको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

    पाँचजना सवार बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जिप शनिबार राति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो ।

    प्रतिक्रिया
    थप समाचार