Online Nepal शुक्रबार, बैशाख १४ २०८१

धनुषामा लागुऔषधसहित चार जना पक्राउ

धनुषामा लागुऔषधसहित चार जना पक्राउ


मध्यान्तर
  • शुक्रबार, माघ १३ २०७९

  • काठमाडौं ।  धनुषा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

    धनुषाको पिडारी चोकबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपीले बताए।

    पिडारी चोकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको अटोमा जुटको बोराभित्र कार्टुनमा राखिएको अवस्थामा प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको डीएसपीले बताए।

    धनुषाको पिडारी चोकबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपकुमार क्षेत्रीले बताए।पिडारी चोकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको अटोमा जुटको बोराभित्र कार्टुनमा राखिएको अवस्थामा प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको डीएसपीले बताए।

    पक्राउ पर्नेहरुमा प्रदेश २–०२–००१ स ०३५६ नम्बरको अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प ४४४६ नम्बरको मोटरसाइकलमा सवार चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ रहेका छन्।अन्य पक्राउ पर्नेहरुमा ज६प१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे डीएसपी क्षेत्रीले बताए। प्रक्राउ पर्नेहरुमाथि थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार