Online Nepal आइतबार, बैशाख २३ २०८१

धादिङमा टिपरमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

धादिङमा टिपरमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, माघ २४ २०७९

  • काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-६ मा टिपरमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। थाक्रे-११ का १५ वर्षीय संगम लामाको मृत्यु भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा शाही बाबा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२-०२५ प ५१११ नम्बरको स्कुटर गए राति करिब १२ बजे दुर्घटना भएको थियो। पार्किङमा राखेको बा ४ख २६५४ नम्बरको टिपरको पछाडि स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार