Online Nepal आइतबार, बैशाख २३ २०८१

काठमाडौं महानगरभित्र आजदेखि भारतीय सिनेमाको प्रदर्शनमा निषेध

काठमाडौं महानगरभित्र आजदेखि भारतीय सिनेमाको प्रदर्शनमा निषेध


मध्यान्तर
  • सोमबार, असार ४ २०८०

  • फाइल तस्बिर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौं महानगरभित्रका हलमा भारतीय सिनेमाको प्रदर्शनमा रोक लगाएको छ ।

    भारतीय चलचित्र आदिपुरुषमा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिइएको तर भारतीय फिल्ममा निर्वाध सो संवाद कायमै रहेकाले आजदेखि हलमा कुनै पनि भारतीय चलचित्र चल्न नदिने महानगरपालिकाले जनााएको छ ।

    यसअघि महानगरका मेयर बालेन शाहले उक्त चलचित्रमा रहेका संवाद हटाउन तीन दिनको समय दिएका थिए । कामकपा मेयर बालेन शाहले आजदेखि महानगरका सिनेमा हलमा हिन्दी सिनेमा चल्न नदिने जानकारी दिएका छन् ।

    नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने भन्दै मेयर बालेनले भारतीय सिनेमा चल्न नदिने स्पष्ट पारेका छन् । “नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६० ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, ।

     

    प्रतिक्रिया
    थप समाचार