Online Nepal सोमबार, बैशाख २४ २०८१

‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा


मध्यान्तर
  • मंगलबार, साउन १६ २०८०

  • काठमाडौँ । केएल दुगड ग्रुपले ज्ञान ब्राण्ड अन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

    क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफी बिनहरूबाट तयार गरिएको हो, जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ । उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञहरूले कफीलाई विभिन्न विधिहरूको माध्यमबाट परीक्षण र उपभोगको लागि उत्कृष्ट प्रमाणित गरेको कम्पनीको दाबी छ ।

    कफी प्रेमीहरूले अब ज्ञान क्याफेजा कफी डिपार्टमेन्ट स्टोरहरू, दराज तथा किराना पसलहरूमा खरिद गर्न सक्नुहुनेछ । यो उत्पादन ४० ग्राम पाउच र ३६० ग्रामको बक्समा लन्च उपलब्ध छ ।

    प्रतिक्रिया
    थप समाचार