Online Nepal बिहिबार, बैशाख २० २०८१

अहिलेको भन्दा त पञ्चायतकालकै कृषि उत्पादन राम्रो थियोः कृषिमन्त्री खनाल

अहिलेको भन्दा त पञ्चायतकालकै कृषि उत्पादन राम्रो थियोः कृषिमन्त्री खनाल


मध्यान्तर
  • सोमबार, साउन २७ २०७६

  • काठमाडौं । कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनालले विगत तीन दशकमा कृषिको विकास हुन नसकेको स्वीकार गरे । उनले अहिलेभन्दा पञ्चायतमा कृषि उत्पादन राम्रो भएको जिकिर गरे ।

    अन्तराष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालद्वारा आयोजना गरिएको एसियाली कृषि सम्मेलन तथा प्रदशनीको उद्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गा्निक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दाबी गरे ।मन्त्री खनालले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै युवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्नेमा जोड दिए । उनले २१ देखि ३५ वर्षका युवाहरुलाई स्वदेशमै रहनसक्ने वातावरण मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुधार्न नसकिने औंल्याए ।मन्त्री खनालले नेपालको कृषि क्षेत्रको वर्तमान अवस्था हेर्दा पञ्चायतकालिनभन्दा पनि तल्लोस्तरको भएको भन्दै विज्ञहरुले गरेको अनुसन्धान किसानसम्म पुर्‍याउन सकेमात्र कृषि क्षेत्र सुधार हुने दाबी गरे। जति अनुसन्धानहरु भएका छन, ति अंग्रेजी भाषामा छन, किसानले बुझ्ने भाषामा अनुसन्धानका ज्ञानहरु पुर्‍याउन नसक्दा धेरै समस्या आएको छ। सरकारले आजसम्म भएका अनुसन्धानलाई किसानले बुझ्ने भाषामा पुर्‍याउन लागेको छ, मन्त्री खनालले बताए ।

    मन्त्री खनालले किसानहरु अनुसन्धान केन्द्रमा समेत जानै नसकेको भन्दै सातै प्रदेशमा किसान आवास परियोजना ल्याइएको जानकारी दिए । उनले २ लाख ८० हजार जनसंख्या भएको मुलुकमा ३ करोड ७ लाख कित्तामा जग्गा टुक्राटुक्रा भएको भन्दै जमिनको खण्डीकरण पनि कृषि क्षेत्रको समस्या रहेको औंल्याए । कार्यक्रममा अबको कृषिलाई आधुनिकीकरण, प्रांगारिक र अर्गा्निक तरिकाले गर्नका लागि छुट्टाछुट्टै योजना बनाइएको बताए । तराई क्षेत्रमा अत्याधुनिक परियोजना ल्याइने र कर्णालीजस्ता अहिलेसम्म विषादी र रासायनिक मल प्रयोग नभएको क्षेत्रमा अर्गा्निक उत्पादनको योजना अगाडि बढाइएको बताए ।खनालले मुलुक भित्रने तरकारीहरुको विषादी परीक्षण नरोकिने बताउँदै तत्काल अहिले अन्तराष्ट्रिय स्तरको ल्याव भने सम्भव नभएको बताए । कृषिका लागि छिट्टै विषादी जाँच ऐन ल्याउन लागेको बताउँदै ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने बताए ।

    अहिले पनि विषादी परीक्षणका ३ वटा ल्यावको लागि बजेट छुट्याइएको बताउँदै मन्त्री खनालले अबको ८ महिनाभित्र अन्तराष्ट्रियस्तरका ती परीक्षण केन्द्रहरु स्थापना गरिसकेपछि विषादी परीक्षणका धेरै जसो समस्याहरु समाधान हुनेमा जोड दिए । मन्त्री खनालले युवाहरुको बढ्दो विदेश पलायनका कारण ४२ प्रतिशत जमिन बाँझो हुन पुगेको बताउँदै सरकारले अर्गा्निक र आधुनिकीकरण योजनाबाट १० वर्षमा मुलुकको कृषि क्षेत्रको समस्या समाधान गरिने बताए ।

    कार्यक्रममा नेपाल, भारत, चीन, इन्डोनेसिया, बेलायत, आयरल्यान्ड लगायतका देशहरुबाट करिब १ सय जनाको सहभागिता रहेको छ । कार्यक्रम साउन २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाए ।

    प्रतिक्रिया
    थप समाचार