Online Nepal सोमबार, बैशाख १७ २०८१

सिटी एक्सप्रेसको अफर : विदेशबाट पैसा पठाउनेलाई उपहार, एकजनाले १० गुणा पाउने

सिटी एक्सप्रेसको अफर : विदेशबाट पैसा पठाउनेलाई उपहार, एकजनाले १० गुणा पाउने


मध्यान्तर
  • आइतबार, असोज १४ २०८०

  • काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ठूला चाडपर्वलाई लक्षित गर्दै विशेष स्किम घोषणा गरेको छ ।

    कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकसँग खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरिएको बताएको हो ।

    विशेष स्किम घोषणा कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बास्डर जितु नेपालको उपस्थिति रहेको थियो ।

    सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई जनही १००,०००९एकलाख०, हरेक हप्ता ५ जनालाई जनही २५,००० तथा ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५०० रूपैयाँको वालेट टपअप र अन्त्यमा एक भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी पाउने बताइएको छ ।

    कम्पनीकाअनुसार यस ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें’ अफर असोज १५ देखि मङ्सिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनसक्नेछन् ।

    यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले बताएको छ ।

    सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार