Online Nepal शनिबार, बैशाख १५ २०८१

लिटरमै १० रुपैयाँले घट्यो डिजेल र मटीतेलको मूल्य

लिटरमै १० रुपैयाँले घट्यो डिजेल र मटीतेलको मूल्य


मध्यान्तर
  • बुधबार, कार्तिक १५ २०८०

  • काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मटीतेलको मूल्य घटाएको छ। साविकको खुद्रा मूल्यमा डिजेल र मटीतेलमा प्रतिलिटर चार रुपैयाँले भाउ घटाएको निगमले जनाएको छ।
    इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोल र ग्यासको मूल्य बढेर आए पनि यथावत् राखिएको छ।

    डिजेलको मूल्य भने प्रतिलिटर तीन रुपैयाँ ६३ पैसा घटेर आएको थियो। मूल्य समायोजनपछि अब डिजेल र मटीतेलको खुद्रा मूल्य पहिलो वर्गमा १६१ रुपैयाँ ५० पैसा, दोस्रोमा १६३ र तेस्रोमा १६४ रुपैयाँ कायम हुनेछ। पेट्रोलको भाउ भने पहिलो वर्गमा १६९ रुपैयाँ ५० पैसा, दोस्रोमा १७१ र तेस्रोमा १७२ रुपैयाँ नै कायम हुनेछ। अन्य पेट्रोलियम पदार्थको भाउ पनि यथावत् नै रहेको छ।

    निगमका अनुसार आईओसीबाट पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसा भाउ बढेर आएको छ। यस्तै ग्यासमा प्रतिसिलिन्डर ९३ रुपैयाँ ६० पैसा मूल्य बढेर आएको छ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार पेट्रोल र ग्यासको मूल्य समायोजन हाललाई यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

    प्रतिक्रिया
    थप समाचार