Online Nepal बिहिबार, बैशाख २७ २०८१

डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपाल पराजित

डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपाल पराजित


मध्यान्तर
  • बुधबार, कार्तिक १५ २०८०

  • काठमाडौँ । बंगलादेशकी साइमा वाजेद विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिण-पूर्वी एशियाको क्षेत्रीय निर्देशक भएकी छन्।

    बुधबार नयाँ दिल्लीमा बसेको ७६औं बैठकमा सदस्यहरूले मतदान गरी वाजेदलाई संगठनको दक्षिण एशियाली क्षेत्रीय निर्देशक चुनेको हो।

    बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलंका, थाइल्यान्ड र टिमोर-लिस्टेले मतदानमा भाग लिएको थियो। म्यानमारले उक्त बैठकमा सहभागी भएन।

    साइमाले ८ मत प्राप्त गरेका थिए। नेपालको तर्फबाट डा. शम्भुप्रसाद आचार्य पनि उम्मेदवार भएका थिए। उनले जम्मा दुई मत प्रात गरेको ढाका टर्बाइनले जनाएको छ।

    साइमाको नियुक्तिको लागि सन् २०२४ जनवरी २२-२७ मा स्विट्जरल्याण्डमा हुने डब्ल्युएचओको बोर्डको बैठकमा पेश गरिनेछ।

    उनले सन् २०२४ फेब्रुअरी १ मा कार्यभार सम्हाल्नेछन्। उनको पाँच वर्षका लागि कार्यकाल रहनेछ।

    साइमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार